यूएईले मजदुरको रेमिट्यान्समा कर लगाउने, साढे ३ लाख नेपाली प्रभावित

१५ असोज, काठमाण्डौं । युनाइटेड अरब इमिरेट्स (यूएई) ले आफ्नो मुलुकबाट बाहिरिने रेमिट्यान्समा कर लगाउने तयारी गरेको छ । करको दर र लाग्ने वर्गबारे निर्णय भई नसके पनि सरकारले यस्तो योजनामा सरोकारवालासँग छलफल गरिरहेको छ । मध्यपूर्वबाट प्रकाशन हुने अरबियन विजनेस डटकममा सोमबार प्रकाशित समाचारमा दुवई चेम्बर अफ कर्मस एन्ड इन्डस्टि्रजका प्रमुख कार्यकारी अधिकृत हमद बुआमिमले यस्तो प्रस्तावबारे छलफल भइरहेको बताएका छन् । यूएई सरकारले यो योजना लागू भए करिब ३ लाख ५० हजार नेपाली कामदारलाई असर गर्ने कान्तिपुर दैनिकमा खबर छ । नेपालबाट धेरै कामदार जाने चौथो मुलुक यूएई हो । यूएईको कुल जनसंख्या ८० लाखमध्ये ९० प्रतिशत आप्रवासी कामदार हुन् । जसमा दक्षिण एसियाली र अफि्रकी मुलुकका धेरै छन् । यूएईको केन्द्रीय बैंकका अनुसार २०१२ मा १२ अर्व ३० करोड अमेरिकी डलर रेमिट्यान्सका रुपमा बाहिरिएको थियो 

No comments:

Post a Comment