भारतीय प्रधानमन्त्रीको रसिया र चीन भ्रमण

manmohanनयाँदिल्ली,, आश्विन ३१ - भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आगामी हप्ता रसिया र चीनको भ्रमणमा गर्ने भएका छन् । प्रधानमन्त्री सिंहले आगामी अक्टोबर २० देखि २२ सम्म रसियाली प्रधानमन्त्री भ्लादिमिर पुटिनको निमन्त्रणमा त्यसतर्फ जानलागेको  भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
सो भ्रमणको क्रममा १४ औँ भारत र रसिया वार्षिक सम्मेलनमा प्रधानमन्त्री सहभागी हुनु हुने समेत जनाइएको छ । यी दुई नेताबीच विभिन्न द्वीपक्षीय हितका विषयमा वार्ता हुने जनाइएको छ ।
रसियाको भ्रमणपछि प्रधानमन्त्री सिंह चीनको तीनदिने भ्रमणमा जाने छन् । चिनियाँ प्रधानमन्त्री लि केकियाङको निमन्त्रणमा प्रधानमन्त्री सिंह त्यसतर्फ जान लागेका हुन् ।    ती दुई नेताबीच द्वीपक्षीय मुद्दाका विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी भ्रमणको क्रममा प्रधानमन्त्री सिंहले चिनियाँ राष्ट्रपति सि जिनपिङ र राष्ट्रिय पिपुल्स कँग्रेस स्थायी समितिका अध्यक्ष जेङ्ग डेजिआङ्गसँग भेटघाट गर्ने जनाइएको छ । रासस/सिन्ह्वा

-

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete