नागार्जुनको ओशोधाममा यौन शोषण र हत्याको धम्की !!!


 
काठमाडौं, असोज, ३०–सेक्स स्क्यान्डलमा फसेका भारतीय गुरु आशाराम र उनको छोरा नारायण साईले काठमाडौंको नागाजुर्नमा रहेको ओशोधाममा तीन दिन राखेर अप्राकृतिक सम्बन्ध राखेको जिकिर पीडित पक्षले गरेको छ ।
आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको दावी गर्दै जाहेरी दिएका दुई दिदिबहिनीहरुमध्ये एकले भारतीय टेलिभिजन इन्डिया टिभीलाई दिएको अर्न्तवार्तामा नारायण साईले आफुलाई फकाएर काठमाडौंको आशोधाममा लगेको र उन्मक्त भएर नाचिरहेका युवा–युवती देखाउँदै‘ युवा–युवतीको उन्मक्त जीवन हेर, कुनै संकोचको कुरै छैन भनेर उस्काएको भनेकी छिन्।
उनको बयान अनुसार, नारायण साईले उनलाई नागार्जुनमा रहेको ओशोधाममा तीन दिनसम्म राखेका थिए। पिडित युवतीको जाहेरी दर्ता भए लगत्तै नारायण साई प्रहरीको सम्पर्कवाट बाहिर रहेको बताइन्छ ।
केही दिन अगाडि नारायण साई भारतीय प्रहरीवाट जोगिन नेपाल आएर नागार्जुनको आशोधाममा लुकेको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन्।
नेपाल प्रह।रीले भने नागार्जुनमा रहेको ओशोधाममा प्रहरीले निगरानी बढाए पनि नारायण साई नभेटिएको र पछिल्लो अनुसन्धानमा उनी भारतीय भुमिमै रहेको भारतीय प्रहरीले नै पुष्टी गरेको बताएको छ ।
आजतकले नारायण शाईलाई पक्राउ गर्न दिल्लीको सुरतका विभिन्न आश्रममा छापा मारिरहेको समाचार दिएको छ । तर, प्रहरीवाट जोगिन नारायण साईले एकै दिनमा १७ वटासम्म सिमकार्ड फेरेको पाइएको छ ।
आशाराम र नारायण साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको र हत्या गर्ने धम्की समेत दिएको दावी गर्दै दुई दीदी बहिनिले सुरत प्रहरीमा जाहेरी दिएपछि यो प्रकरणले भारतमाज्ञज्ञत्रत्र होइन नेपालमा समेत हंगामा मच्चिएको छ ।
पिडित युवतीले सन् २००१ देखी सन् २००५ सम्म आशाराम र नारायण साईवाट पटक पटक यौन शोषणमा परेको दावी गरेकी छिन । आफ्नै आश्रममा एक नावालिगको यौन शोषण गरेको अभियोगमा आशाराम पहिल्यै पनि पक्राउ परिसकेका थिए । यौन प्रकरणमा आशारामकी श्रीमती र छोरी समेत तानिएका छन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete