एक हजार साट्दा एकसय रुपैयाँ कमिसन



एक हजार साट्दा एकसय रुपैयाँ कमिसन
लहान - दशैं र तिहारका लागि समान खरिद गर्न भारतीय सहर जाने नेपाली उपभोक्तालाई  भारतीय पैसा अभावले समस्यामा पर्दै आएको छ। चाडपर्वका बेला उपभोकताको व्यापक ओहोरदोहोर हुने सीमावर्ती ठाढी र माडर, बरियारपटिमा भारतीय रुपैयाँ पहिल्यैदेखि अभाव हुँदा भारतीय बजार जयनगर र लौकाहा र लदनिया जानेहरु मर्कामा परेका हुन्। सिमामा सटही काउण्टर स्थापना नहुँदा एक हजार साट्न १ सय कमिसन बुझउनुपर्ने बाध्यता छ।

नेपाली बजार लहान र सिरहामा मै अघोषित एजेन्टहरु नेपाली रुपैयाँलाई साटेर भारतीय बनाउँदा एक हजार बराबर १ सय रुपैयाँ कमिसन लिने गरेका छन्। भारतीय बजारमा यही दरमा नेपाली रुपैयाको कमिसन तिर्नुपर्ने बाध्यता अझै कायमै छ। द्वन्द्वकालमा विस्थापित भएको ठाढीस्थित वाणिज्य बैंक अझै पुनःस्थापित हुन सकेको छैन्। सिरहा सदरमुकाममा रहेको वाणिज्य बैंक र लहान स्थित वाणिज्य बैंकमा भारतीय रुपैयाँ साट्ने व्यवस्था प्रभावकारी नहुँदा यहाँका उपभोत्का एजेन्टमार्फत बढि रकम कमिसन तिरेर भारतीय रुपैया साट्न बाध्य छन्।

'लहान र सिरहाका नुन पसले देखि सुन पसलेसम्म कमिसनमा भारतीय रुपैया साट्ने धन्दा गर्छन्,' लहानका एक ब्यपारीले भने, 'यी पसलेहरु बैंकबाट निश्चित कमिसनमा भारतीय रुपैया साटेर ल्याउँछन र बढि रकम कमिसन लिएर साट्छन्। बैंक कर्मचारीको सहयोगमा यहाँका अधिकतर ब्यपारीहरुले यो धन्दा गरिरहेका छन्।'
लहानको अस्पताल चौक स्थित एक पसलमा पाँच हजार नेपाली रुपैया साटेर भारतीय बनाउँदा पाँच सय कमिसन तिर्नुपरेको लहान ४ का धर्मनाथ यादवले भने। पाँच सय कम भयो भन्दा पसलका साहुजीले उत्तर दिए, ”नेपाली साटेबापत एक हजारमा एक सय रुपैंयाँ कटाउने चलन छ, त्यसैले हिसाव मिल्यो।”

भारतीय सहर नजिकका नेपाली बजार लहान, सिरहा र ठाढीमा पैसा साट्ने अधिकांश नेपाली यसैगरी ठगिने गरेका छन्।
-

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete