दसैं : खस्कँदो सामाजिकता

photo sketchप्राध्यापक विद्यानाथ कोइरालालाई सम्झना छ, उनी केटाकेटी हुदा आउने दशैंमा नया लुगा हुन्थ्यो । पीङ हुन्थ्यो । गाउमै चिउरा कुटिन्थ्यो । दही, केराको जोहो गरिन्थ्यो । खसी काटिन्थ्यो । र टीकाको दिनपछि कोजाग्रत पूणिर्मासम्म मान्यजनको घरघर गएर टीका थापिन्थ्यो । अहिले बेला बदलिएको छ र दशैं पनि । शिक्षा, सञ्चार, सामाजिक तथा राजनीतिक चेतनास्तर र विश्वपरिवेशको बदलाबसगै दशैंको संस्कार र संस्कृति पनि फेरिएको छ ।
सस्तो र सहज पहुचको बजार विस्तारले नया लुगाको चासो धेरैलाई छैन । खेल्ने अभ्यास नभएकाले पनि हुन सक्छ पीङले धेरैलाई तान्न सकेको छैन । चिउरा, मासु र केरा घरमै बनाउने झन्झट गर्नु पर्दैन किनेरै चल्न थालेको छ । टीकाले गराउने पारिवारिक तथा सामाजिक अन्तरक्रिया घट्दै गएको छ । कोइराला भन्छन्, 'दशैं भर्चुअल दुनियामा खुम्चेको छ र भर्चुअल दुनियामै फैलिएको छ । हिजोको सामािजक सम्बन्ध तथा मान्यता अहिलेको दशैंमा भेटिदैन ।'
मानव तथा समाजशास्त्रीहरु चाडपर्व र समाजमा सम्पन्न गरिने विभिन्न पूजा-आजाको मानवीय, सामाजिक तथा राजनीतिक अर्थ र प्रयोजन हुन्छ भन्दछन् । समाजशास्त्री इमाइल दुर्खिमले भनेका छन्, 'धर्मले समाजलाई एकतृत र एकतावद्ध बनाउँछ ।' हिन्दूहरुको मात्रै भनेर व्याख्या गरे पनि दशैंमात्रै नेपालमा यस्तो पर्व हो जसले समाजका सबैलाई चाहेर नचाहेर एक आपसमा बाधेको छ ।
समाजशास्त्री रामबहादुर केसी त्यसरी बाध्ने शैली फेरिदै गएको बताउँछन् । 'तत्कालीन समयको परिवार, समाज र परिवेशमा दशैं भेटघाट दुख सुख बाड्ने अवसर थियो, सञ्चारको तीब्र विकासले त्यसलाई बदलिदियो', उनले भने, 'त्यसैको प्रभावमा मौलिक दशैंको पारिवारिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा सम्बन्धहरुको मान्यता घट्दै गएको हो ।'
मानवशास्त्री विष्णु दाहाल दशैं बदलिदै जानुमा बढ्दो सहरीकरण कारण भएको ठान्छन् । 'परिवार एकल हुदै गएको छ । छात्रबास बसेर पढ्ने छोराछोरी छन् । कामकाजी अभिभावकका कारण आफन्तसित बालबालिकाको अन्तरक्रिया अरु बेला पनि घटेको छ । दशैंका बेला पनि बढ्न सकेको छैन', उनले भने, 'व्यक्ति समाजप्रति कम र आफूप्रति बढी केन्द्रीत हुदै गएको छ । बढ्दो सञ्चार र सामाजिक सञ्जालले पछिल्लो पुस्तालाई चाडको विदाले खुसी तुल्याए पनि सामाजिक सम्बन्धसित अभ्यस्त बनाउन सकेको छैन ।'
बदलिएको शैली
एक जमाना थियो, खामबन्दी कार्ड पठाएर सबैलाई शुभकामना बाड्नु सानको विषय बन्थ्यो । सरकारी तथा निजी व्यवसायीमात्रै होइन सामान्य व्यक्ति पनि कार्ड दिएर शुभकामना बाड्थे । टेलिफोन समेत नहुने बेला चिठीले सम्झना पठाउथ्यो । अब त्यस्तो बेला रहेन । कार्डको शुभकामना अब इमेल र एसएमएसमा सरेको छ । यसले इस्टमित्रसितको सम्पर्क पनि बढाएको छ । समाजशास्त्री सुमनचन्द्र आचार्य हातहातमा पुगेका मोबाइल, इन्टरनेटमार्फत सामाजिक सञ्जालमा बढेको पहुच तथा विश्वव्यापीकरणले कर्डको ग्ल्यामर घटेको बताउछन् ।
दूर सञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार देशका ८२ प्रतिशत नागरिक टेलिफोनको पहुचमा छन् ।  यो संख्या २ करोड १६ लाख ५१ हजार हुने अनुमान छ । विदेशिएकाको घरमा पठाउने पहिलो उपहार प्राय मोबाइलनै हुन्छ । तथ्यांक अनुसार वर्षेनी करिब १५ प्रतिशतका दरले टेलिफोन प्रयोगकर्ता बढेका छन् । कुल जनसंख्याको करिब २६ प्रतिशत नागरिक इन्टरनेटको पहुचमा छन् । इन्टरनेट चलाउनेमध्ये ४० प्रतिशत सामाजिक सञ्जाल विशेषगरी फेस बुकका प्रयोगकर्ता छन् । ट्वीटर चलाउनेको संख्या पनि बढ्दै गएको छ । दशैंका बेला नेपाल टेलिकमले लाखौंको संख्यामा एसएमएस आदानप्रदान हुने गरेको जनाएको छ । यसले के देखाउछ भने व्यक्तिहरु विस्तारै भर्चुअल दुनियामा रमाउदै छन् । यो विश्वमा आएको बदलावको प्रभाव हो ।
'विशेषगरी युवापुस्ताको परेको यस्तो प्रभावले सम्बन्धहरु सामाजिक सञ्जालमा सीमित हुदै गएको देखिन्छ', आचार्य भन्छन्, 'पुस्त्यौनी र प्रविधि दुवैमा आएको बदलावले सामाजिक अन्तरक्रियाको शैली बदलिएको छ । समाजकै सदस्यहरुले मनाउने भएकाले दशैंमा पनि त्यसको प्रभाव देखिएको हो ।' नाती पनानी पुस्तामात्रै होइन, बाउ हजुबाउ पुस्तालाई पनि भर्चुअल दुनियाले तानेको छ । पद्यती यसरी बदलिइसक्यो कि टीकासमेत इन्टरनेतमार्फत लगाउन थालिएको छ । स्काइपलगायतका भिडियो कल गर्ने र त्यसैमार्फत टीका लगाउने चलन सहरमा मात्रै होइन गाउमा पनि बढ्दै गएको छ ।
पर्व उत्सव हो । उत्सव आफू बाचेको समाजको संस्कृति र सभ्यता हो । संस्कृति र सभ्यता व्यक्तिको खास परिचय हो । यसले समाजलाई गतिशिल बनाउदै व्यक्तिलाई अनुशासन, आदर्श र आदर सिकाउँछ । पुराना मान्यता र संस्कारलाई चिनाउछ । 'हामीले नया पुस्तालाई संस्कार सिकाउन सकेका छैनौं', शिक्षाविद् कोइराला भन्छन्, 'स्कुलिङ र शिक्षामा फरक हुन्छ । संस्कारप्रतिको हाम्रो  स्कुलिङ गतिलो हुन सकेको छैन ।'
'दशैंमा वर्षौदेखि छुटेका साथी भेटिन्छन् । नया सम्बन्धहरु जोडिन्छन् । नया नाताहरु सिर्जना हुन्छन् भन्ने संस्कार बुझेर पनि त्यसलाई अघि बढाउन नचाहनेहरु धेरै देखिन्छन्', मानवशास्त्री दाहाल भन्छन्, 'सम्बन्धहरुको नवीकरण/पुननिर्माण गर्ने बेला दशैंनै हो भनेर हामीले बुझाउनु पर्ने बेला भएको छ । दशैंको सामाजिक पक्ष यति गाढा भएर बसेको छ कि जतिनै विरोध गरे पनि, मन नपराए पनि समाजबाट यसलाई पन्छाउन सम्भव नै छैन भन्ने करा हामीले नया पुस्तालाई सिकाउनै पर्छ ।'
परिवार संयुक्तबाट एकल हुदै गएको छ । युवा पनि संयुक्त भन्दा एकल रुपमा आफूलाई सहज महसुस गर्न थालेका छन् । 'व्यक्ति धेरै न्युक्लियर भयो भने सामाजिक सम्बन्धहरु खलबलिन्छ' भन्ने समाजशास्त्रीहरुको तर्क मान्ने हो भने हामीले मान्दै आएको दशैंको सामाजिक मूल्य पनि कम हुदै गएको छ । र त्यसको पुरानो मान्यताले नया स्वरुप लिदैछन् ।
हरेक व्यक्तिको जीवनमा दौडधूप ज्यादा हुन्छ । त्यसमाथि युवा र तिनलाई पढाइ, जागिर र करिअर सबै थोकको चिन्ता एकै चोटी छ । पारिवारिक दायित्वले गाजेको छ । जसले गर्दा परिवार र सामाजिक नाता सम्बन्धतिर उनीहरु त्यति तानिदैनन् । व्यवस्तताकै कारण आफन्तसित उनीहरुको दुरी बढ्दै गएको छ । यसले व्यक्तीलाई झण्डै यन्त्रजस्तो बनाउदै लगेको छ । यही एउटा दशैं हो जसले खास आफन्त चिन्न सघाउँछ । 'पछिल्लो पुस्तालाई सम्बन्धबारे त्यति जानकारी हुदैन, भए पनि चासो लिदैनन्', समाजशास्त्री आचार्य भन्छन्, 'युवाले आफूलाई एक्लो बनाउदै लगेका छन् । उनीहरु एकान्त मन पराउन थालेका छन् । इन्टरनेटले उनीहरुलाई 'फास्टफुड' पुस्ता बनाएको छ । पारिवारिकभन्दा प्रविधिसितको सम्बन्ध उनीहरुको पि्रय बन्दै गएको छ ।'
भोटघाटमा हुने अनुभव र अनुभूति भर्चुअल दुनियामा सम्भव छैन । समाजमा नया मान्छे जनमेका छन् । बसाइ सरेर आएका छन् । चिन्दै नचिनेका छिमेकी छन् । पुस्त्यौनी अन्तर बढेको छ । 'जुनसुकै जात, धर्मका भए पनि सम्बन्धका रेखा मैलिदै गयो भने यसले एउटा मोडमा हामीलाईनै प्रभाव पार्न सक्छ', समाजशास्त्री आचार्य भन्छन् ।
पर्यटक पाहुना
विदेश नगएको जनशक्ति नियमित रुपमा सहर वा राजधानी काठमाडौं बस्छ । 'व्यक्तिको गाउँमा अट्न नसकेको आकांक्षा, साना सहरले थेग्न नसकेको महत्त्वाकांक्षा काठमाडौं आएर पोखिने गरेकेा छ', समाजशास्त्री केसी भन्छन्, 'दशैंका बेला गाउ सहरमय बन्छ, आफ्नै मान्छे पर्यटक पाहुना बनेर आउछन् केही दिनका लागि । सहरमा कुद्ने मोटरसाइकल, चल्ने मोबाइल गाउ पुगेका पुग्छन् ।'
त्यतिमात्रै होइन घर, खेतका आली, बगरतिर पुग्नेहरु मोबाइलमा दुरदराजको अर्को साथी सम्भिmरहेका हुन्छन् । ल्यापटप, कानमा एयरफोनको ठोसो घुसारेर उनीहरु गाउमा रमाएको देख्दा लाग्छ, साच्चै उनीहरु पर्यटक हुन् । समाजशास्त्री आचार्य भन्छन्, 'प्रत्येक दशैंमा गाउँका नदी, बगर, आली र पाखापखेरामा सहरको धूवाँ-धूलो टक्टकिन्छ । त्यो धूलोमा सहरीपन धेरै हुन्छ ।'
वैदेशिक रोजगार विभागको तथ्यांकले भन्छ, हरेक दिन करिब १ हजार ७ सय व्यक्ति सामान्य श्रमका लागि विदेसिन्छन् । करिब २५ लाखभन्दा बढी युवा कामका सिलसिलामा विदेसिएका छन् । भारतजानेहरु हजारौं छन्, उनीहरुको तथ्यांक छैन । 'गाउ खालीजस्तै छ, खेतालासमेत पाउने अवस्था छैन', मानवशास्त्री दाहाल भन्छन्, 'यसको सोझो असर उत्पादनमा परेको छ । गाउको दशैं र सहरको दशैं भनेर हामीले दुई तरिकाले हेर्नु पर्छ ।'
खेती किसानी छाड्नेहरु बढेका छन् । तथ्यांक अनुसार गाउबाट सहर बसाइ सनेृहरु ३३ प्रतिशत छन् । 'उत्पादनमा असर पर्नु भनेको एकल परिवार बढ्नु पनि हो', दाहालको टिप्पणी छ, 'जमीनमाथिको स्वामित्व घट्दै छ । सहरी क्षेत्रमा घर बनेर उत्पादन गर्ने ठाउ छैन । गाउमा काम गर्ने मान्छे नभएर भएको जमीन बाझै छ ।'
मनोरन्जनका साधन बढेकाले पनि दशैंको सांस्कृतिक महत्व बदलिदै गएको ठान्छन् समाजशास्त्री के सी । 'पहिले पहिले मनोरन्जनका साधन नहुदा पींग राख्ने, खेल्ने भेटघाट गर्ने मान्यता स्थापित भएको हुन सक्छ', उभनी भन्छन्, 'अहिले घरघरमा टिभी, च्यानल, सिडी प्लेयर छन् । उस्तै पर्दा मोबाइललेनै मनोरन्जको सुविधा दिइरहेको छ ।'
घुम्ने र पढ्ने
दशैंमा स्वदेश  वा विदेशमा घुम्ने र पढ्नेहरु पनि बढ्दै गएका छन् । घुमाइ देश दर्शनको मेसो हो । यसबाट भूगोल र प्रकृति सौन्दर्य चिनिन्छ । विशेषगरी सहरी युवा दशैंकेा घुमघाममा आकषिर्त छन् । लामो विदा हुने, दशैंका बेला आफन्तलाई भेट्न झन्झट मान्नेका लागि स्वदेश वा विदेशको घुमाइ रमाइलो गर्ने एउटा राम्रो काइदा हो ।
'विदामा कहा घुमिस् वा के पढिस् भनेर सोध्दा वा आफूले यहा घुमे भन्न पाउदा गर्व गर्नेहरु बढ्न थाले', शिक्षाविद् कोइराला भन्छन्, 'काम र व्यस्त जिन्दगीमा सुस्ताउने लागि यो राम्रो उपाय हो ।'
टिप्पणी
पैसाको प्रभाव
रामबहादुर केसी
द शै भेटघाटको पर्व हो । यसले सामाजिक सम्बन्ध नवीकरण गराउछ । आफन्तसित सुख दुख साट्छ । सामाजिक, सांस्कृतिक मान्यता उच्च रहेकैले दशैं अहिलेसम्म ठूलो चाडका रुपमा स्थापित छ ।
केही बर्ष अघिसम्म टेलिफोनको पहुच सबैसित थिएन । चीठीमा कुरा हुन्थ्यो । भेटघाट नहुदा न्यास्रो हुन्थ्यो । सहरबस्नेले गाउमा पैसा वा सामान पठाउनु पर्दा चिनजानका व्यक्ति खोज्नु पथ्र्यो । अहिले अवस्था त्यस्तो छैन । टेलिफोन, इन्टरनेट, सामाजिक सञ्जालले व्यक्तिहरुवीचको सम्बन्ध सुधारका लागि दशैंनै कुर्नु पर्ने अवस्था छैन । यसले दशैमा हुने भेटघाटको महत्व पनि घटाएको हो ।
टीका ठूलाको आदर थियो । राजनीतिक रुपमा उच्च वर्गकाले निम्न वर्गकालाई
अधिनमा राख्ने र आफ्नो प्रभुत्व देखाउने माध्यम थियो । हिजो राजाकोमा टीका लगाउने अहिले पनि राष्टपतिकोमा टीका लगाउने चलनेले त्यसलाई पुष्टि गर्छ ।सहयोगका लागि इष्टमित्र कुटुम्ब गुहार्थे । पैसा आफन्तलेनै सहयोग गर्नु पथ्र्यो । अहिले आर्थिक समस्या परेमा आफन्त खोज्दैनन । बैक फाइनन्समा गाउ गाउ छन् । अहिले राम्रो लगाउन र मिठो खान दशै कुर्नु पर्दैन । खल्तीमा पैसा छ भने जुन बेला पनि सम्भव छ दशै औकात देखाउने चाडको रुपमा पनि विकास हुदै गएको छ । आफनो हैसियत भन्दा बढी खर्च गर्न थालेका छन् । आफनो औकात देखाउन माग हुन्छ कि ऋण गरेर हुन्छ, खर्च गर्ने गरेको छ । ५ किलो मासु ल्याए पुग्नेमा ऋण गरेर भएपनि सिंगै खसी काटने गर्छन ।
बिगतमा दशैलाई मनोरञ्जनको पर्वको रुपमा पनि लिइन्थ्यो । दशैमा बनाइने लिंगेपिङ, रोटेपिङ र जाते पिङ दशैको मनोरञ्जनको साधन हुन्थ्यो । यस्तो ठाउमा युवा युवतीको  डेटिङ स्पट पनि हुन्थ्यो । तर, अहिले मनेरञ्जनका साधन पर्याप्त भएकोले पिङ थाप्ने चलन पनि बिस्तारै हराउदै गएको छ ।
आर्थिक अवस्था मजबुत भएकोले सामाजिक र सास्कृतिक रुपमा परिवर्तन आएको हो । बिगतमा आफनो पुर्खाले जसरी खेत गरेको थियो, त्यसलाई नै निरन्तरा दिने गरेको थियो । अहिले त्यसबाट माथि उठेर व्यवसायिक खेती गर्न थालेका छन् । कृषिबाट बाहिर निस्केर जागिर तर्फ पनि लागेका छन् । धेरैजसो बैदेसिक रोजगारीमा अन्य मुलुक गएका छन् । जसरी भएपनि नियमित पैसा आउने काम थालेपछि हिजोको जस्तो मिठो खान र राम्रो लगाउन दशै कुर्नु पदैन । आर्थिक स्तर उकासिएपछि धेरै उपभोक्ताबादी भएका छन् । पैसा छ भने जुन बेला पनि लुगा किन्न सक्छन, खान दशै कुर्नु पर्दैन । रेमिटयान्सले दशै मान्न सहज भएको छ । रेमिटयान्स आउनेको घरमा कसरी दशै मान्ने होला भन्ने समस्या छैन । यसले सहज भएको छ । शक्तिको पुजा गर्ने परम्परा पनि हराउदै गएको छ । देवीको पुजा गरेर अलौकिक माध्यमबाट शक्ति प्राप्त हुन्छ भन्ने मान्यता हराएको छ । दशै मान्ने तरिका बदलिदै जानुमा तत्काल पैसा पाउने काम सुरु गर्नु, बजार बिस्तार, आम सञ्चारको माध्यममको प्रभावले हो ।
पाटन क्याम्पसका उपप्राध्यापक समाजशास्त्री केसीसित मकर श्रेष्ठले गरेकेा कुराकानीमा आधारित

No comments:

Post a Comment