विहिवार युरोप आउन चाहने ९४ जना डुवेर निधन २०० भन्दा वढी वेपत्ता


युरोप छिर्न खोज्ने ९४ जनाको इटालीको समुद्रमा डुवेर निधन भएको छ । करिव ५०० आप्रवासी वोकेर युरोप आउन लागेको सो डुङ्गामा आगालागी पश्चात समुद्रमा डुवेको थियो । सो घटनामा हराउने को संख्या दुइ सय भन्दा वढी रहेको समाचारमा जनाएको छ । यर्सथ घटनामा परि निधन हुनेको संख्या अझै वढने अनुमान गरिएको छ । अहिले सम्म प्राप्त शव हरु मध्ये तीन वालवालिका र दुइ महिला जो प्रेगनेन्ट रहेका थिए । यसरी निधन हुने आप्रवासी अफिर्कन मुलका भएका अधिकारीहरुले जनाएका छन । अधिकारीहरुले करिव १५० को उद्धार गरेका छन । 
समुद्रवाट निकालिएको शवलाई एयरपोर्टको हयाङ्गरमा राखिएको छ । 

इटालीको तटरक्षको ध्यान आर्कषण गराउन आगो वालिएको र त्यै वाट आगो लागि भएको हुन सक्ने प्रत्यक्षदर्शीलाई उदृत गर्दै समाचारमा वताइएको छ । 

विहिवार नै अर्को एक डुङ्गामा ४६३ आप्रवासी इटली आएका छन । उनिहरु सिरियाका भएको समाचारमा जनाइएको छ । 

गत तीन महिनामा समुद्री मार्ग हजारौ आप्रवासी युरोप छिर्न प्रयास गरेका थिए । जसमा केहीको ज्यान गएको थियो । गत सोमवार मात्र पनि यसरी युरोप छिर्न खोज्ने १३ जनाको ज्यान गएको थियो । 

यसरी दिनहु आप्रवासीको ओइरो लाग्न थाले पछी इटालीका अधिकारीहरुले युरोपियन युनियनलाई सहयोगको लागि आव्हान गरेका छन ।

No comments:

Post a Comment