गोर्खा सैनिकलाई बेलायती प्रधानमन्त्रीको पत्र

camroonधरान, कार्तिक १ - बेलायतमा लामो समयदेखि बस्दै आएका पूर्व ब्रिटिस गोर्खा सैनिकहरुको समस्या समाधान गर्ने प्रतिवद्धतासहित त्यहाँका प्रधानमन्त्री डेविड क्यामरुन गोर्खा सत्याग्रह आन्दोलनकारीसँग वार्ता गर्न तयार भएका छन् ।
उनले सत्याग्रह आन्दोलनकारीको नाममा पत्र पठाएर अहिले चलिरहेको गोर्खा आन्दोलनप्रति आफ्नोसमर्थन रहेको जनाउदै वार्ता मार्फत समस्या हल गर्न आग्रह गरेकाले वार्ताको वातावारण बनेको सत्याग्रह आन्दोलनका संयोजक सन्तोष थलङ लिम्बुले बताए । बेलायतले वार्ता गर्ने पत्र पठाएपछि आन्दोलनकारीमा खुशियाली छाएको छ ।
बेलायत सरकार र गोर्खा आन्दोलनकारीवीच वार्ताका लागि मन्त्री रव विल्सनले सहजकर्ताकोरुपमा भूमिका खेलिरहेको संयोजक थलङले बताए । विल्सनले गोर्खाहरुसँग वार्ता गर्नको लागि उपयुक्त मन्त्रीको खोजी भइरहेको आन्दोलनकारीहरुलाई शुक्रबार जानकारी गराएको थलङले बताए ।
बेलायत सरकारले कुनै प्रतिक्रिया नदिए पूर्व घोषति् सर्वसम्मत कार्यक्रमअनुसार नैतिकताको आधारमा २५ अक्टोवर दिउसो लण्डनको संसदभवन अगाडि भिक्टोरियाक्रस विजेताहरुको नाममा अनसन र भोक हड्ताल गर्ने चेतावनी दिएपछि वार्ताको वातावारण बनेको हो ।
संयोजक थलङले शुक्रबार इमेलमार्फत् जानकारी दिंदै भने, 'हामी गोर्खा आन्दोलनकारीहरुलाई बेलायत सरकारले ढिलै भएपनि भीसीको नाममा हुन लागेको आमरण अनसनजस्तो सम्भावित खतरालाई पन्छाउन वार्तामार्फत समस्या समाधान गर्न प्रम क्यामरुनले पत्र लेख्नु भएको छ ।'
गोर्खाहरुले ६ महिनाको अल्टिमेटम दिएर सत्याग्रह आन्दोलन सुरु गरेका थिए । आन्दोलनको अन्तिम समयमा बेलायतका सत्तापक्ष र विपक्षका डेढदर्जन सांसद, लण्डन महानगरपालिकाका मेयर बोरिस जोन्सन, बीबीसी, सीएनएन, एएफपी, रोयटर्स र बेलायतका स्थानीय मिडिया, मानवअधिकारवादी लगायतले समर्थन जनाउदै बेलायतको लागि लड्ने गोर्खाहरुलाई विभेद गर्न नहुने विचार राखेपछि त्यहाको सरकार झुक्न पुगेको विश्लेषण आन्दोलनकारीहरुको रहेका छ ।
    
यसैवीच आन्दोलनकारीहरुले वार्ताका सहजकर्ता सांसद रव विलसनलाई आउदो २४ अक्टोवर भन्दा अगाडि दुई पक्षबीच वार्ताको वातावरण मिलाइदिन आग्रह गरेका छन् । आमरण अनसन अगाडि नै वार्ता नभए बाध्यताबस पूर्व घोषित कार्यक्रम गर्ने थलङले बताए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete