'पहिलो प्रहार दाहालमाथि'

dev gurungचितवन, कार्तिक ८ - नेकपा-माओवादीका सचिव देव गुरुङले चुनाव बहिस्कारको क्रममा आफूहरुको पहिलो प्रहार एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल गुट बनेको बताएका छन् ।  चितवनको भरतपुरमा शुक्रवार नेकपा-माओवादी र सोसल रिपब्लिकन पार्टीविचको एकिकरण कार्यक्रममा बोल्दै सचिव गुरुङले दाहाल गुटसंगै अन्य ठूला पार्टी मुख्य निसाना बन्ने बताए ।
' हाम्रो ५० प्रतिशत राजनीतिक विजयी भई सकेको छ,' गुरुङले भने ,' अब  चुनाव बहिस्कार गरी यसलाई ध्वस्त पारेर विजयी हांसिल गर्ने सुरमा छौं ।' गुरुङले विदेशीको इसारामा संविधान सभाको निर्वाचन हुन लागेको र दाहाल भारतिय विस्तारवाद लागु गर्ने हनुमान बनेको आरोप लगाए । 'विदेशीको प्रायोजनमा निर्वाचन हुन लागेको छ,' गुरुङले भने ,' दलले विदेशीका सामु नांगो रुपमा आत्म समर्पण गरेर चुनाव गर्न लागी परे ।' गुरुङले विदेशीको इसारामा अध्यक्ष दाहालको डिजाईनमा सेना परिचालन गर्ने काम भएको आरोप लगाए । अधिकांश समय दाहाललाई गाली गर्न समय खर्चिएका गुरुङले विदेशीको हतियार दाहाल बनेको आरोप लगाए ।  
गुरुङले विदेशीको इसारामा दाहाल हतियार बनेरै सेना परिचालन गरी पार्टीको धारलाई समाप्त पार्न लागी परेपनि १० बर्ष सम्म जनयुद्ध लडेर मुनाफाको रुपमा पाएको जीवन त्यसै समर्पण नगर्ने टिप्पणी गरे । उनले चार दलका शिर्ष नेता लचक भई गोलमेच सम्मेलन मार्फत सहमति गर्न तयार रहेको उनले बताए । गुरुङ ३३ दलिय मोर्चाले सशक्त रुपमा चुनाव बहिस्कारका कार्यक्रम गर्ने जानकारी दिए । उनले एकिकरण भएको सोसल रिपब्लिकन पार्टी चितवन,गोरखाका नेता तथा कार्यकर्तालाई अविर लगाएर स्वागत गरे । संविधान सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकबाट उम्मेद्वारी दिएका आधा दर्जन कार्यकर्ता पार्टीमा प्रबेश गरेका हुन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete