बुहारीका १० टिप्स : सासु आमालाई कसरी फुरुक्कै पार्ने ?

mumandmeहाम्रो समाज तथा संस्कारमा सासु आमालाई मिल्नै नसक्ने जात पनि भनिन्छ । परम्परावादी समाजमा धेरै हदसम्म यो लागु पनि हुन्छ । सासुको शक्ति छँदासम्म बुहारीलाई निकै हेप्ने र बुहारीको पालो आएपछि सासुलाई साटो फेर्र्ने चलन हुन्छ । तर घर परिवारलाई सफल, शान्त तथा सुलक्षणयुक्त बनाउन भने सासु बुहारीको सम्बन्ध सुमधुर हुनर्ुपर्छ । यसका लागि सासु र बुहारी दुबैले भूमिका खेल्नर्पर्छ ।
वास्तवमा छोराको बिहे भैसकेपछि जो कोही आमाको मनमा एउटा सन्देह हुन्छ कि छोरा अब बुहारीको भयो, मेरो मतलब गर्दैन, बुहारीकै कुरा सुन्छ । त्यसकारण पनि आमाको छोरा बुहारीप्रति एउटा आशंका वा पर्वाग्रह रहन्छ । यो शास्वत सत्यलाई छोरा बुहारीले मनन गर्दै त्यस्तो आशंका दूर गर्ने र आमालाई भरपूर माया गर्ने गर्नुपर्छ र कुरा बुझाउने प्रयास गर्नुपर्छ । यसमा बुहारीको ठूलो हात हुन्छ । सासुलाई खुसी पार्नका लागि बुहारीहरुले अपनाउनुपर्ने १० काइदा यस्ता छन् :
  • घरको संस्कार बुझेर मात्र कामकुरा गर्नुपर्छ । नयाँ घरमा आइसकेपछि नयाँ बुहारीलाई त्यहाँको संस्कार थाहा हुँदैन । आफ्नो माइतिघरको जस्तो सोँचेर आफुलाई मनलाग्ने काम तथा आफ्नै संस्कार अनुसारका कुरा मनलाग्दी गर्नुभन्दा नयाँ घरको संस्कारका बारेमा आफ्नो श्रीमानसँग सोध्ने, बुझ्ने तथा सासुआमासँग समेत सोधेरमात्र काम गर्ने गर्नुपर्छ । यसो गर्दा सासुआमाहरु आफुलाई बुहारीले खुबै महत्व दिएको ठान्छन् र खुसी हुन्छन् । यसले सासु बुहारीको सम्बन्ध सुमधुर बन्छ ।
  • सासुलाई केही न केही उपहार दिने गर्नुहोस् । चाहे कुनै विशेष अवसरमा होस् वा माइतीघरबाट फर्किँदा होस् । यस्तो उपहार सासु आमालाई मन पर्ने खालको वा कुनै गर्जो र्टर्ने खालको ल्याइदिनुभयो भने सासु आमा मख्ख पर्छिन् ।
  • बुहारीले आफ्नो कर्मघरमा पहिरनमा विशेष ध्यान दिनर्ुपर्छ । सामाजिक संस्कार, घरको परम्परा तथा इज्जतलाई पनि ध्यान दिनर्ुपर्छ र सोही अनुरुपका पहिरन लगाउनर्ुपर्छ । बढि भडि्कलो, भद्दा तथा घरपरिवारका सदस्यले नै नरुचाउने खालको पहिरन लगाउनु हुँदैन । पहिरन छनोट गर्दा एकपटक सासु आमालाई सोध्नुभयो भने वा हप्ताको कुनै दिन सासु आमाकै रोजाइको पहिरन लगाउनुभयो भने सुनमा सुगन्ध हुन्छ ।
  • नम्रता नारीको गहना हो । अझ बुहारीका लागि त नम्र स्वभाव सबैभन्दा ठूलो आभुषण हो । अरु राम्रो काम गर्न सक्नुभएन भने बोल्दा खेरि नम्र बनिदिनुभयो भने पनि त्यो लाख हुन्छ । सासु आमासँग बोल्दा नम्र हुने, चर्को नबोल्ने, विवाद नगर्ने र भनेको कुरा मान्ने गर्नुभयो भने निकै वेश हुन्छ ।
  • सासु आमालाई बेलाबेलामा आमा भनेर बोलाउने गर्नुस् । कुनै निहुँ पारेर भएपनि बोलाउनुहोस् । घरबाट टाढा हुनुहुन्छ भने फोनमै भएपनि बारम्बार बोल्नुहोस् । यसो गर्दा सासुआमाले आफुले भाउ पाएको ठान्छिन् र मख्ख पर्छिन् ।
  • कुरा सुन्नु बुढाको भन्ने उखानै छ । त्यसैले सासु आमाको सल्लाह, सुझाव तथा आशिर्वाद लिने कुरामा पछि नहट्नुस् । नयाँ काम गर्दा सधै सोध्ने तथा सल्लाह गर्ने गर्नुहोस् । सुझाव माग्नुहोस् । आफ्नो स्वास्थ्यमा कुनै अप्ठेरो भएमा पनि सासुसँग खुलेर कुरा गर्नुहोस् ।
  • घरको कुरा बाहिर गएर नगर्नुस् । हाम्रो समाजमा सासु र बुहारी दुबैले घरको कुरा पँधेरामा गएर लाउने चलन हुन्छ । तर यसो गर्नु निकै हानिकारक हुन्छ । त्यसैले घरभित्र विवाद र असहमति भएपनि बाहिर नदेखाउनुहोस् । आफ्नी सासुको अरुसँग प्रसंसा गर्नुहोस् ।
  • तपाइँले के बुझ्नर्ुपर्छ भने तपाइँको लोग्ने सासुको छोरा हो र उसमाथि सासुको तपाइँको भन्दा बढि अधिकार तथा माया छ । त्यसैले सासुको अगाडि लोग्नेलाई राम्रो व्यवहार गर्नुहोस् । श्रीमानलाई राम्रो व्यवहार गर्नुभएन भने सासुको चित्त दुख्छ । साथै नन्द, देवर लगायत घरका अरु सदस्यलाई पनि राम्रो व्यवहार गर्नुहोस् ।
  • आत्तिने र मात्तिने बानी त्याग्नुहोस् । क्षमादान गर्न सिक्नुहोस् । सासु आमाको गल्ती नै भएपनि त्यसलाई माफी गर्न सक्नु र स्विकार्नु तपाइँको महानता हो ।

No comments:

Post a Comment