विरक्तलाग्दो अमेरिकी जीवन


“एम अनम्यारिड, आई ह्याभ टु किड्स।” मसँगै काम गर्ने डेजरे रोड्रिजेजको यो कुराले मेरो मनमा अनेक प्रश्न जन्माएँ। उसको काम गर्ने पहिलो दिन मैले नै तालिम दिनु परेकोले अलिकति अनौपचारिक कुरा भएको थियो। थाहा पाएँ, २३ वर्षीय अविवाहित डेजरेसँग तीन र एक वर्षका दुई छोरी साथमा छन्। 
पढाई स्कुलतहसम्म । उमेर १८ वर्ष । उमेरको लहडमा घर र पढाई छोडेर केटासाथी रोजिन् । जानी/नजानी दुई दुईटा नानी जन्मिए। कलिलो उमेरमा दुई छोरीको जिम्मेवारी । व्वाइफ्रेण्डले छोरी जन्मेपछि वास्ता गर्न छोड्यो। एक्लै बस्ने उपाय भएन, अनि छोरीहरु च्यापेर माइतीमा फर्किन्। भविष्यको आफनो लोग्ने को हुने हो स्वयम् उनलाई पत्तो थिएन । डेजरेले विगत कोट्याइन्, “पहिला त मेरो व्वाइफ्रन्डले धेरै माया दियो, नजानेरै बच्चा पनि भयो तर अहिले मलाई बास्ता गर्न छोड्यो अनि मम्मीसँग बस्न थालेकी छु।” 
नानीहरुसहित आफूलाई पाल्न उनलाई आफैँले काम गर्नुपर्ने ठूलो बाध्यता छ। काम कहिले बिहान पर्छ, कहिले दिउँसो त कहिले साँझ। आमासँग बसेको के भन्नु बसेको पनि भाडा तिर्नुपर्छ आफ्नै आमालाई । छोरीहरु हेरिदिएको खर्च बहिनीलाई दिनुपर्छ । 

२० वर्षिया एन्जेलिका पत्रिजिय बेगोभिकले पनि दुई वर्षअघि घर छोडिन्। सहाराका लागि ब्वाइफेन्ड रोजिन्। एक वर्षसम्म त व्वाइफ्रेन्डकै घरमा बसिन्। तर दिनदिनै व्वाइफेन्डसँग झगडा हुन थाल्यो। पढाईले पनि निरन्तरता पाउन सकेन। अनि छुट्टिएर बस्ने निर्णय गरिन्, झोलाझ्याम्टा बोकेर निस्किन्। अहिले छुट्टै अपार्टमेन्ट लिएर बसेकी छन्। आफ्नो पढाई अगाडि बढाउन र पेट भर्न काम गर्नुपर्ने बाध्यता उनलाई पनि छ। तीन दिन काम गर्ने र चार दिन स्कूल जाने एन्जेलिका भन्छिन् “साह्रै स्टे«सको लाईफ छ मेरो। काम नगरे गास, बास, कपास व्यवस्था हुन्दैन गरु पढाईलाई निरन्तरण दिन सकिन्न।” बाबाले सौतनी आमा ल्याए, आमा पोइल गइन र पनि उनलाई कि त बा कि त आमासँग बस्न मन नभएको होईन्। भन्छिन् “मन भएन पनि के गर्ने बा आमाले आफै गरेर खा भन्छन्। मासिक एक हजार डलर मात्र कमाई गर्ने उनले भनिन, यो पैसाले खान र बस्न त पुग्छ तर केही विरामी भएभने अप्ठयारो पर्छ।” 

एरोन फ्राइडम्यान २२ वर्षका भए । उनी भने आफ्ना बा आमासँगै बस्छन। उनका बाआमाले उनलाई चाहेर सँगै राखेका होईन्। उनीहरुले पनि एरोन १८ वर्षको उमेर पुगेपछि गर्लफ्रेण्डसँग बसोस, आफ्नो खुट्टामा आफ्रै उभियोस् भन्ने चाहे। यसका लागि उनीहरुले थुप्रै प्रयास गरे। विभिन्न स्थानमा एरोनका लागि अपार्टमेन्ट किनिदिए, जागिरमा लगाइदिए । जागिरमा काम राम्रो गर्न नसकेपछि रोजगारीदाताले फायर गरिदिए। अहिलेसम्म गर्लफ्रेण्ड र घर छोड्न नसकेकोमा उनलाई विरक्त पनि छ । “सबैले कस्तो बुवा ममीसँग बसेको भनेर जिस्काउछन् तर अहिलेसम्म गर्लफे्रण्ड र जागिर पाउन सकेको छैन” उनले आफ्नो गुनासो सुनाए । 

२८ वर्षे टेलर फिलिप ब्लिसले १० वर्षको बीचमा दजर्नै गर्लफ्रेन्ड फेरिसके तर अब उनलाई यसरी फेर्न मन छैन। अमेरिकन नागरिक टेलरले भने “अब मलाइ गर्लफ्रेण्ड फेर्न मन छैन अहिले एउटा नै छ । सम्भव त अर्को वर्ष हामी बिहे गर्ने छौं ।” उनीहरु दुवै जनाले छुट्टा छुट्टै स्थानमा काम गर्छन् । 

जेम्स फिलिप पनि गोरे (अमेरिकन) हुन । उनकी आमाले अहिलेसम्म चारजना सँग बिहे गरिसकिन । उनका बाबु अहिले कहाँ छन् उनलाई पनि पत्तो छैन् । आमा बुबाको यो चलन भने उनलाई मन परेको छैन् । यहि कारणले पनि उनलाई बिहे गर्न मन छैन् । मलाई दिगो रुपमा रहने विवाह गर्न मन छ तर अमेरिकन जीवनशैलीले त्यसलाई दिगो बनाउन सक्दैन् । उनी गुनासो पोख्छन् । नेपाली समाजमा एउटासँग बिहे गरेपनि उसैसँग पुरा जीवन बिताउछन् भन्ने सुन्दा उनी कति छक्क परे अनि भने वाह यस्तो चलन पो राम्रो । जो बाचुन्जेल रहिरहन्छ । तर यहाँ त केटाकेटीको सम्बन्ध त खेल जस्तो पो छ त । उनले चाहना पोखे । 

अमेरिकन नागरिकका यी घटनापात्रले सुरुका दिनमा त मलाई अलमलै नै पार्यो । म कुन ठाउँमा छु र के देख्दै अनि सुन्दैछु भन्ने सोच्न समेत सकिन् । । बिहे नगर्दै दुई दुई सन्तानका आमा, पढ्दा पढ्दै १८ वर्षको उमेरमा घर बाआमा छोड्नुपर्ने ? अनि दर्जनौं गर्लफ्रेण्ड? आफैँमा अचम्म लाग्ने प्रश्नहरु । तर यी प्रश्नहरु पश्चिमा समाजले सजिलै पचाईरहेको छ । १८ वर्षमा व्वाइफ्रेन्ड वा गर्लफ्रेन्ड बनाएर बस्न पाउनु कति ठूलो महानता । एउटाकी श्रीमति अर्काले लगेको छ, अर्काको श्रीमान अर्काले लगेको छ तर यी सबैकुरा उनीहरुका लागि सामान्य छन् । यी सबै कुरा उनीहरुको स्वतन्त्रता भित्र पर्छन् । तर यस्ता स्वतन्त्रताभित्र थुप्रै विकृति पनि त छन् । छोराछोरीहरुमा मानसिक, अािर्थक, शैक्षिक तनाब । यी तनावबाट बाआमा पनि कहाँ अछुतो छ र ? मलाई भन्न मन लाग्यो, कुनै संस्कार नै नभएको देश अमेरिका नै होला । संस्कारै नभए पनि नियमको कडा पालना भने छ । त्यसैले पनि मानिस सुरक्षित महसुस गरिरहेका छन् । 

मेरो देश नेपाल सानो छ तर स्वर्ग जस्तो छ, हाम्रो संस्कार, हाम्रो चलन, मेरो भाषा, भेषभूषा कति रमाइलो, कति फरक अनि कति मनमोहक । नेपाल त्यसै सुन्दर र थरिथरीका फूलबारी भएको रहेनछ । यहाँ आए पछि झन आफ्नो देश संस्कारले भरिपूर्ण भएको महसुस गरे । 

यी माथीका सबै पात्र मसँगै काम गर्छन् । बेलुकाको ड्युटी म आफैले हेर्छु । एउटा टिम लिडरको रुपमा उनीहरुलाइ काम सिकाउनु त छदै छ आफ्नो देश, भाषा, चलनबो भन्न छुटाउदिन् । अनि हाम्रो संस्कार र मेहनत देखेर अमेरिकनहरु मोहिन पर्छन् । म पनि किन नेपालमा नजन्मिएको हुला समेत भन्छन् । मेरो कुरा सुनेर उनीहरु यसो भनिरहेका छन् वा उनीहरुको जीवनशैलीदेखि विरक्त लागेको हो म तेसै भन्न सक्दिन । आफ्ना कुरा सबै फुकाउछन् । उनीहरुका कुरा सुन्दा पीडाले मन कुडिन्छ । आखिर पत्रकारिता गरेको मान्छे न हु, कुनै न कुनै कुराले छोइहाल्छ । उनीहरुको जीवन भोगाईका कुरा सुन्दा विरक्त लागेर आउछ । १८ वर्षमै घर छोड्नु पर्ने (बाध्यता जस्तै) अनि पढाई लेखाइ, खाने बस्ने सबै आफैले व्यवस्था गर्नूपर्ने अरे । हामी नेपाली त धेरै नै भाग्यमानी । जन्मेदेखि नमरुन्जेलसम्म पुर्खाैली सम्पत्तिमा बस्न पाईने अनि पढाई लेखाइ, स्वास्थोपचार सबै खै अभिभावकको पोल्टोमा खोज्ने । डिग्रि पढेर पनि बा आमा सँग पैसा मागेकै छौं । अंशको आस त छदैैछ, उफ । तर परनिर्भर हुन सिकाउने अमेरिकन चलन भने हामी नेपालीका लागि पनि लाभदायक नै हो ।

No comments:

Post a Comment