भारतीय सहयोगका गाडी रक्सौलमा थुप्रदै

nepal-indiaकाठमाडौ, कार्तिक ९ - भारत सरकारले नेपालमा दोस्रो संविधान निर्वाचनलाई सघाउन पठाउन लागेका गाडीहरु रक्सौल नाकामा आएर जम्मा हुन थालेका छन् । शुक्रबारसम्म दुई सयभन्दा बढी गाडी रक्सौल आइसकेको वीरगन्ज भन्सार स्रोत कार्यालयले जनाएको छ ।
तीन महिनाअघि भारतीय विदेशमन्त्री सलमान खुर्सिदले आफ्नो एक दिने भ्रमण दौरान ७ सय ६४ वटा सवारी सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए । त्यसअघि संविधानसभा निर्वाचन मीति घोषणालगत्तै नेपाल सरकारले नै सात सय गाडी उपलब्ध गराउन भारत सरकारलाई लिखित आग्रह गरेको थियो ।
भारत सरकारले चुनावको एक महिना अघिसम्ममा गाडीहरु उपलब्ध गराउने वचनवद्धता प्रकट गरेकामा यतिबेला नेपालको दक्षिणीद्धार वीरगन्जसँग सीमावर्ती भारतीय शहर रक्सौलमा आउन सुरु गरेको हो । अधिकारीहरुका अनुसार सबै गाडी आइसकेपछि वीरगन्जमै त्यहाँस्थित भारतीय वाणिज्यदुतावासले एक कार्यक्रम आयोजना गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको छ ।
पहिलो संविधानसभा निर्वाचनमा पनि भारत सरकारले नेपाललाई यत्तिकै भारी संख्यामा गाडी सहयोग गरेको थियो । स्रोतहरुका अनुसार, भारतले यस पटक टाटा कम्पनीबाट उत्पादित टेल्कोलाइन नामक मानिस र सामान दुवै बोक्न मिल्ने गाडी धेरैसंख्यामा उपलब्ध गराउँदै छ । भारत सरकारको सहयोगमा प्राप्त यी गाडीमध्ये सबैभन्दा बढी नेपाल प्रहरीले प्रयोग गर्नेछ । त्यससँगै गृह मन्त्रालय र शसस्त्र प्रहरी बलले पनि यी गाडी बाँड्नेछन् ।
भारत सरकारले गर्न लागेको गाडी सहयोग दोस्रो संविधानसभा निर्वाचनका लागि नेपाललाई प्राप्त सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्राविधिक सहयोग हो । भारतसँगै छिमेकी राष्ट्र चीन र जापानले चुनावका लागि प्राविधिक सहयोग उपलब्ध गराएका छन् ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete