अमेरिकाबाट कोसेली ल्याए अर्थमन्त्रीले


काठमाडौ, असोज, २९- दशैंको यो उल्लासमय समयमा अमेरिकाबाट एउटा खुसीको खबर लिएर फर्केका छन अर्थमन्त्री शँकर प्रसाद कोइराला ।
अमेरिकाबाट स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा आज उनले त्यो खुसी बांडेका छन् ।
अर्थमन्त्री कोइरालाले विश्व बैंक समुह नेपालमा लगानी बढाउन इच्छुक रहेको जनाउ दिए ।
कोइरालाले सो बैंकले नेपालको जलविद्युत क्षेत्रमा लगानी बढाउन चाहेको बताए ।
अमेरीका भ्रमणका क्रममा अर्थमन्त्रीले विश्व वैंक र अन्तराष्ट्रिय मुद्रा कोषको कार्यक्रममा भाग लिएर भेटघाटको फोटोहरु फेसबुक स्टाटसमा पोष्ट गरेका थिए ।
कोइराला नेतृत्वको टोली एकसाता अघि विश्व वैंक तथा अन्तराष्ट्रिय मुद्रा कोषको कार्यक्रममा सहभागी हुन अमेरीका हान्निएको थियो ।

No comments:

Post a Comment